भयानक सडक दुर्घटना : ट्रकको ठक्करबाट स्कुटर चालकको मृ#त्यु


कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३६९५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु.प्र.०१०१० प ००४५ नम्बरको ईभी स्कुटरलाई ठक्कर दिँदा ६२ वर्षीया सावित्री देवी सापकोटा गम्भीर घाइते भएकी थिइन्।

उनको उपचारका क्रममा दोदोधरा अस्पताल, मुडागाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक, स्कुटर र चालक दिनेश गिरी प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।