काठमाडौं – नेपाल सरकारले लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको छ।
सरकारले कारखाना पुनः सञ्चालन गर्न सकिने सम्भावना, आवश्यक पूर्वाधार, लगानी तथा व्यवस्थापनलगायतका विषयमा अध्ययन गरी आवश्यक कार्ययोजना तयार गर्ने जिम्मेवारी कार्यदललाई दिएको छ।
कार्यदलले कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया, स्रोत तथा साधन र सम्भावित मोडालिटीबारे सरकारलाई सुझाव दिनेछ।
बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषय लामो समयदेखि चर्चामा रहँदै आएको छ। सरकारको पछिल्लो निर्णयसँगै कारखाना सञ्चालनको सम्भावना पुनः अघि बढेको छ।






















प्रतिक्रिया