रुसमा बेलायती ड्रोन प्रयोग भएको दाबीपछि मस्कोको बेलायतलाई धम्की


मस्को । युक्रेनले बेलायतमा निर्मित ड्रोन प्रयोग गरी रुसी भूभागमा सैन्य तथा औद्योगिक लक्ष्यमा आक्रमण गरेको समाचार सार्वजनिक भएपछि मस्कोले बेलायतलाई कडा चेतावनी दिएको छ।

सन्डे टाइम्सका अनुसार दुई बेलायती कम्पनीले उत्पादन गरेका ड्रोन रुसी भूभागमा आक्रमणका लागि प्रयोग भएका छन्। त्यसपछि लन्डनस्थित रुसी दूतावासले बेलायतलाई युक्रेनको आक्रमणमा ‘सहयोगी र सह-अपराधी’ को आरोप लगाउँदै संलग्नता बढ्दै गए त्यसको मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको हो।

बेलायतको रक्षा मन्त्रालयले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। पछिल्लो घटनाले रुस र बेलायतबीचको तनाव थप चर्किने संकेत देखिएको छ।