काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सांसद किरण थापालाई बागमती प्रदेशको मुख्यमन्त्रीका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ।
संसदीय दलका नेता जिएन थपलियाको अध्यक्षतामा सम्पन्न बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढाउने निर्णय गरेको हो। बैठकले बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई सरकारमा सहभागी हुन तथा सरकारलाई समर्थन गर्न आह्वान गर्ने निर्णयसमेत गरेको छ।
त्यस्तै, प्रदेश प्रमुखबाट सरकार गठनका लागि आह्वान गरिएको समयसीमाभित्रै दाबी पेश गर्ने निर्णय एमाले संसदीय दलको बैठकले गरेको छ। सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम समय भदौ ४ गते तोकिएको छ।
बैठकपछि एमाले संसदीय दलका नेता जिएन थपलियाले पार्टीको निर्णयअनुसार मुख्यमन्त्रीमा किरण थापालाई प्रस्ताव गर्ने र सरकार गठनका लागि आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिनुभएको छ।






















प्रतिक्रिया