वाशिङटन डीसी । अमेरिकी सेनाले युरोपमा ड्रोन युद्ध प्रविधि विकासका लागि गठन गरेको विशेष युनिट विघटन गर्ने भएको छ।
इटाली र जर्मनीमा तैनाथ १७३औँ एयरबोर्न ब्रिगेड अन्तर्गतको करिब ६०० सैनिकको उक्त युनिटले पछिल्लो एक वर्ष ड्रोन विकास, तैनाती, एआई तथा इलेक्ट्रोनिक जामिङबाट बच्ने प्रविधिमा प्रयोग गर्दै आएको थियो।
रुस–युक्रेन युद्धबाट ड्रोन युद्धका अनुभव लिन गठन गरिएको युनिटले आगामी सैन्य अभ्यासपछि आफ्ना प्रयोगात्मक गतिविधि पूरा गर्नेछ। त्यसबाट प्राप्त अनुभव र प्रविधि अमेरिकी सेनाको भविष्यको ड्रोन रणनीति तथा सैन्य संरचना विकासमा प्रयोग गरिनेछ।






















प्रतिक्रिया