सर्लाही । मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोकअगाडि ट्याक्टरको ठक्करबाट २३ वर्षीया गुरीया कुमारीको मृत्यु भएको छ।
नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज १ त ५२४६ नम्बरको ट्याक्टरले पैदल हिँडिरहेकी गोडैता नगरपालिका–५ निवासी कुमारीलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते कुमारीलाई प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र चालक १७ वर्षीय अजय साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।






















प्रतिक्रिया