काठमाडौं । शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट २२ वर्षीय युवकको मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१७ का बसन्त कालाथोकीको उपचारका क्रममा निजामती कर्मचारी अस्पताल, मिनभवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कालाथोकीमाथि होस्टलमै बस्ने १८ वर्षीय शेखर यादव र करिब २० वर्षीय प्रमित पटेलले कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेका थिए । घटनामा टाउको र घाँटीमा गम्भीर चोट लागेका कालाथोकीलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
घटनामा संलग्न यादव पक्राउ परेका छन् भने फरार पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।






















प्रतिक्रिया