पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी, आरोपित किशोर पक्राउ


पाल्पा-१० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन्। प्रहरीले लिची खान दिने प्रलोभन देखाई बालिकालाई घरमा बोलाएर घटना गराएको जनाएको छ।

घटनाबारे भदौ ४ गते जाहेरी परेपछि प्रहरीले किशोरलाई पक्राउ गरेको हो। जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।