मुख्यमन्त्री किरण लाई विश्वासको मत नदिने कांग्रेसको निर्णय


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले भदौ ८ गते बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८(४) बमोजिम सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । एमाले, नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थापामगरले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।