काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आइतबार उक्त सडक खण्ड खुलाउने काम पूरा भएको जानकारी दिएका हुन् ।
मन्त्री लम्सालका अनुसार खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम अघि बढाइएको थियो । बाढीले सडकमा थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सम्पन्न भएको उनले बताए ।
बाढीका कारण अवरुद्ध सडक खुलाउन अस्थायी संरचना निर्माण गर्नुका साथै सडकमा थुप्रिएको गेग्रान हटाइएको हो । यससँगै बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम पूरा भएको मन्त्री लम्सालले जानकारी दिएका छन् ।
अब सडकको स्तरोन्नति तथा स्थायी निर्माणका लागि आवश्यक अध्ययन र रेखाङ्कन गरिने उनले बताए । अध्ययन प्रक्रिया पूरा भएपछि सडकलाई स्थायी रूपमा निर्माण तथा स्तरोन्नति गर्ने काम अघि बढाइने मन्त्री लम्सालको भनाइ छ ।

















प्रतिक्रिया