काठमाडौं । अमेरिकी संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने निर्णय गैरकानुनी ठहर गर्दै खारेज गरेको छ ।
न्युयोर्ककी संघीय न्यायाधीश जेनेट भार्गासले राष्ट्रियता मात्रका आधारमा भिसा रोक्नु अमेरिकी आप्रवासन कानुनविपरीत रहेको फैसला गरेकी हुन् । साथै, विदेशमन्त्री मार्को रुबियोले यस्तो निर्णय गर्ने कानुनी अधिकार नपाएको अदालतले जनाएको छ ।
जनवरीमा लागू गरिएको उक्त नीतिले नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा प्रक्रिया रोकिएको थियो । पर्यटक तथा विद्यार्थीका लागि दिइने गैरआप्रवासी भिसा भने यसबाट प्रभावित थिएनन् ।
अदालतको फैसलासँगै उक्त नीतिका आधारमा अस्वीकार गरिएका भिसा आवेदन पुनः समीक्षा हुन सक्नेछन् । अमेरिकी प्रशासनले फैसलाविरुद्ध अपिल गर्न सक्नेछ ।






















प्रतिक्रिया