काठमाडौँ । इरानले अमेरिकाको ‘आर्थिक दबाब अभियान’मा साथ नदिन छिमेकी तथा अन्य मुलुकलाई चेतावनी दिएको छ। सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकी अभियानलाई समर्थन गर्ने देशलाई ‘शत्रु’का रूपमा व्यवहार गर्ने बताएका छन्।
उनले क्षेत्रीय मुलुकले अमेरिकालाई साथ दिए होर्मुज जलसन्धि र फारसी खाडी हुँदै हुने तेल निर्यात रोक्ने चेतावनीसमेत दिएका छन्। रेजाईको भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने मुलुकविरुद्ध कडा आर्थिक कारबाही गर्ने चेतावनी दिएपछि आएको हो।






















प्रतिक्रिया