काठमाडौँ । विश्वभरका २२ पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानले पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफलाई पत्र लेख्दै पूर्व पाकिस्तानी कप्तान तथा पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्य उपचारको उचित व्यवस्था गर्न पुनः आग्रह गरेका छन्।
पूर्व कप्तानहरूले सर्वोच्च अदालतको आदेशअनुसार इमरानको निजी चिकित्सक र बहिनीसमेत सहभागी मेडिकल बोर्डबाट स्वास्थ्य परीक्षण गराउन माग गरेका छन्।
साथै, साप्ताहिक पारिवारिक भेटघाटलाई निरन्तरता दिन र उपचार आवश्यक देखिए तत्काल उपचारको व्यवस्था गर्न उनीहरूले आग्रह गरेका छन्।
इमरानलाई अदालतको निर्देशनअनुसार गठित मेडिकल बोर्डले पूर्ण परीक्षण नगरी अदियाला जेल फर्काइएको भन्दै पूर्व कप्तानहरूले आपत्ति जनाएका छन्। उनीहरूले आफ्नो अपिल राजनीतिक नभई मानवीय र स्वास्थ्यसँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्।






















प्रतिक्रिया