तेहराननजिकै विशाल ग्यास भण्डार भेटिएको इरानको दाबी


काठमाडौँ । इरानले दक्षिणी फार्स प्रान्तमा २०० अर्ब घनमिटरभन्दा बढी क्षमताको नयाँ प्राकृतिक ग्यास भण्डार फेला पारेको दाबी गरेको छ।

तेलमन्त्री मोहसेन पाकनेजादका अनुसार त्यसमध्ये १६० अर्ब घनमिटरभन्दा बढी ग्यास उत्खननयोग्य छ। उक्त भण्डारबाट दैनिक करिब १ अर्ब घनफुट ग्यास उत्पादन गर्न सकिने उनको भनाइ छ।

इरानले नयाँ भण्डारमा विषाक्त हाइड्रोजन सल्फाइडको मात्रा कम रहेकाले उत्पादन लागत तुलनात्मक रूपमा कम हुने जनाएको छ। यद्यपि व्यावसायिक उत्पादन सुरु हुन अझै केही वर्ष लाग्ने बताइएको छ।