काठमाडौँ । लहान–५ नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका सात घर–टहरा नगरपालिकाले डोजर लगाएर भत्काएको छ।
पटक–पटक सूचना दिए पनि संरचना नहटाएपछि कारबाही गरिएको नगरपालिकाले जनाएको छ। तर सयौँ संरचना रहेको क्षेत्रमा सात वटा मात्र भत्काइएको भन्दै स्थानीयले नगरपालिकामाथि पक्षपात गरेको आरोप लगाएका छन्।
नगरपालिकाले यसअघि गुदरी हटियाको जग्गामा रहेका घर–टहरा तीन दिनभित्र खाली गर्न सूचना जारी गरेको थियो। पीडित व्यापारीले भत्काउँदा भएको धनमालको क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति दिन माग गरेका छन्।






















प्रतिक्रिया