मिर्चैयामा घरभित्रै आगलागी, एक महिलाको मृत्यु


सिरहा । सिरहाको मिर्चैया नगरपालिका–५ पुरानो बजारमा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रञ्जितकुमार महतोकी श्रीमती करिब ३० वर्षीया विभा पूर्वे रहेको प्रहरीले जनाएको छ। मंगलबार बिहान ११ः३५ बजे महतोको दुईतले पक्की घरमा आगलागी भएको थियो।

स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घरभित्र जलेको अवस्थामा पूर्वेको शव फेला परेको प्रहरीले जनाएको छ।

आगलागीको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।