काठमाडौं । चीनको तिब्बतमा अर्को बाढीको जोखिम बढेपछि उद्धार कार्य अस्थायी रूपमा स्थगित गरिएको छ।
पहिरोका कारण जम्मा भएको गेग्रान र लेदोबाट बनेको अस्थायी ताल फुटेपछि त्यसको पानी उद्धार टोली खटिएको क्षेत्रतर्फ बग्न थालेको हो। बाढीको जोखिम बढेसँगै उद्धारमा खटिएका टोलीलाई तत्काल सुरक्षित स्थानतर्फ सारिएको छ।
सुरक्षाका लागि आपत्कालीन उद्धार टोलीलाई समेत घटनास्थलबाट करिब एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको जनाइएको छ। बाढीको सम्भावित जोखिम कम भएपछि मात्रै उद्धार कार्य पुनः सुरु गरिने तयारी छ।
यस घटनाका कारण प्रभावित क्षेत्रमा थप क्षति हुन सक्ने भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।






















प्रतिक्रिया