कतार सरकारद्वारा बाढीपीडित नेपालीका लागि ५० टन राहत सामग्री


काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित तथा पीडित नेपाली नागरिकका लागि कतार सरकारले पठाएको ५० टन राहत सामग्री नेपाल सरकारले बुझेको छ।

कतार सरकारले मिलिटरी कार्गो विमानमार्फत नेपाल पठाएको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सरकारका सम्बन्धित निकायले बुझेका हुन्। राहत सामग्रीमा बाढीपीडितका लागि आवश्यक विभिन्न सामग्रीहरू रहेको जनाइएको छ।

विपद्को कठिन समयमा नेपाल र नेपालीलाई सहयोग गरेकोमा कतार सरकारप्रति नेपाल सरकारले धन्यवाद व्यक्त गरेको छ।