काठमाडौँ । विपद्का कारण फेला परेका शव पहिचानमा समस्या देखिएपछि नेपाल प्रहरीले आफन्तसँग शव मिलान तथा पहिचानका लागि डीएनए परीक्षण गर्ने भएको छ।
प्रहरीले शव पहिचान हुन नसकेको अवस्थामा सम्भावित आफन्तबाट आवश्यक नमुना संकलन गरी डीएनए परीक्षणमार्फत शव आफन्तकै हो वा होइन भन्ने यकिन गरिने जनाएको छ।
विशेषगरी बाढीपहिरोमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई शव पहिचानका लागि प्रहरीसँग सम्पर्क गर्न आग्रह गरिएको छ। शवको हुलिया, कपडा तथा अन्य बाह्य पहिचानबाट यकिन हुन नसकेको अवस्थामा वैज्ञानिक विधिबाट पहिचान गर्ने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको हो।
प्रहरीले सम्भावित आफन्तको डीएनए नमुना संकलन गरी शवबाट प्राप्त नमुनासँग परीक्षण गरिने र त्यसका आधारमा मृतकको पहिचान पुष्टि गरिने जानकारी दिएको छ।
बेपत्ता आफन्तको अवस्था अझै अज्ञात रहेका परिवारले प्रहरीको सूचनाअनुसार आवश्यक विवरण तथा नमुना उपलब्ध गराउन आग्रह गरिएको छ।





















प्रतिक्रिया