भोलि शुक्रबारदेखि देशभर लगातार ५ दिन सार्वजनिक बिदा


काठमाडौं – भोलि शुक्रबारदेखि देशभर लगातार ५ दिन सार्वजनिक बिदा परेको छ। सरकारले भदौ २२ र २३ गतेसमेत सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लगातार पाँच दिन बिदा परेको हो।

सरकारको निर्णयअनुसार भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, भदौ २० गते शनिबार तथा भदौ २१ गते आइतबार नियमित बिदा परेको छ।

त्यसैगरी, भदौ २२ गते रसुवामा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्मानमा शोक बिदा र भदौ २३ गते गत वर्षको जेनजी आन्दोलनका शहीदको सम्मानमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

यससँगै भदौ १९ गतेदेखि २३ गतेसम्म लगातार पाँच दिन देशभर सार्वजनिक बिदा हुने भएको हो।