भोटेकोशी बाढीपीडितका लागि चाइना फाउन्डेसनले दियो २७ टन राहत


काठमाडौँ । चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले पठाएको २७ टन राहत सामग्री बिहीबार काठमाडौँ आइपुगेको छ।

राहत सामग्रीमा ६ हजार मेडिकल बडी ब्याग, १७५ टेन्ट, १ हजार सिरक, १ हजार ज्याकेट र १ हजार आपत्कालीन राहत बाकस रहेका छन्। सामग्रीको मूल्य १० लाख युआनभन्दा बढी रहेको छ।

चाइना साउदर्न एयरलाइन्सको सहयोगमा नेपाल ल्याइएको उक्त राहत सामग्री राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनमा रसुवाका बाढी प्रभावित क्षेत्रमा पठाइनेछ।