वाशिङटन डीसी । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले सूचना चुहावटको अनुसन्धानका क्रममा दर्जनौँ अधिकारी तथा कर्मचारीमाथि पोलिग्राफ (लाई–डिटेक्टर) परीक्षण गराएको छ।
द न्युयोर्क टाइम्सका अनुसार अगस्टमा संयुक्त स्टाफसँग काम गर्ने करिब ५० सैन्य तथा गैरसैनिक कर्मचारीको परीक्षण गरिएको थियो। अनुसन्धान विशेषगरी इरानसँगको युद्धका क्रममा अमेरिकी हतियार भण्डार घट्दै गएको सम्बन्धी वर्गीकृत सूचना सञ्चारमाध्यममा चुहिएको विषयमा केन्द्रित छ।
ट्रम्प प्रशासनले सूचना चुहावटलाई गम्भीर रूपमा लिएपछि न्याय मन्त्रालय र एफबीआईलाई समेत अनुसन्धानमा संलग्न गराएको छ। प्रशासनले भने अमेरिकासँग पर्याप्त हतियार रहेको दाबी गर्दै आएको छ।



















प्रतिक्रिया