रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्री मार्को रुबियोले टेलिफोन वार्ता गरेका छन्।

वार्तामा रुबियोले भोटेकोशी बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली जनता र नेपाल सरकारप्रति अमेरिकी ऐक्यबद्धता जनाए।

लामिछानेले प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहतबारे जानकारी दिँदै नेपाली तथा नेपालमा रहेका विदेशी नागरिकको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको बताए।

रुबियोले विपद्को अवस्थामा नेपाललाई आवश्यक थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।