काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा उच्च मात्रामा विषादी भेटिएको छ।
केन्द्रीय कृषि प्रयोगशालाको कालीमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण इकाईले गरेको परीक्षणमा खुर्सानीमा कार्बामेट २.३४७६ प्रतिशत र अर्गानोफस्फेट समूहको विषादी ४०.५८०५ प्रतिशत भेटिएको हो।
प्रयोगशालाको मापदण्डअनुसार ३५ देखि ४५ प्रतिशतसम्म विषादी देखिएको वस्तुलाई तत्काल उपभोग नगरी केही दिन राखेर मात्र खान मिल्ने मानिन्छ। सोही आधारमा उक्त डल्ले खुर्सानीलाई पनि केही दिन पर्खेर उपभोग गर्नुपर्ने वर्गमा राखिएको छ।
अन्य नौ प्रकारका तरकारीको नमुनामा भने विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम रहेको र ती उपभोगका लागि योग्य पाइएको प्रयोगशालाले जनाएको छ।




















प्रतिक्रिया