काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोल प्रतिग्यालन २ अमेरिकी डलरभन्दा कम हुने दाबी गरेका छन्।
मध्यपूर्वमा जारी सैन्य तनावका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै ट्रम्पले युद्धपछि ऊर्जा बजार स्थिर हुने बताएका छन्। उनले इरानलाई आणविक हतियार राख्न नदिने चेतावनीसमेत दिएका छन्।
तर इरानले अमेरिकी चेतावनीको प्रतिकार गर्दै आफ्नो ऊर्जा पूर्वाधारमाथि आक्रमण भए कडा जवाफ दिने चेतावनी दिएको छ। इरानी संसदका अध्यक्ष मोहम्मद बाघेर गालिबफले इरानी तेल तथा ग्यास क्षेत्रमा संलग्न अमेरिकी कम्पनीसमेत जोखिममा पर्न सक्ने बताएका छन्।
अमेरिकाले इरानी तेल ट्यांकरमाथि समेत कारबाही गर्न सक्ने चेतावनी दिएको छ। सेन्टकमले केही इरानी कच्चा तेल ट्यांकरलाई इरानको आर्थिक सञ्जालसँग जोडिएको दाबी गरेको छ।
अमेरिका–इरान तनाव बढ्दै जाँदा विश्व ऊर्जा बजारमा समेत थप असर पर्नसक्ने चिन्ता बढेको छ।



















प्रतिक्रिया