काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषयसँगै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल हुनेछ।
बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने र आवश्यक निर्णय गर्ने उद्देश्यले बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
‘बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनःस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न प्रधानमन्त्रीज्यूले बैठक बोलाउनुभएको हो,’ सचिवालयले जनाएको छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरण र प्रभावित नागरिकको पुनःस्थापनाका लागि विभिन्न निकायमार्फत काम गरिरहेको जनाएको छ।



















प्रतिक्रिया