काठमाडौं – काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो ।
ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई पक्राउ गरेको छ । ३८ वर्षीय लुइँटेल मोरङको ग्रामथान गाउँपालिका–२ का स्थानीय हुन् ।
प्रहरीका अनुसार लुइँटेलले आफ्नो ग्यास स्टोरबाट एउटा सिलिन्डर २ हजार ७५० रुपैयाँमा बिक्री गर्दै आएका थिए । बरामद सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
उनका अनुसार आरोपीले नयाँ सिलिन्डरसमेत ५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया