वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इजरायललाई २ अर्ब ८० करोड डलर बराबरको बम तथा गोला बारुद बिक्री गर्ने तयारी गरेको छ ।
प्रस्तावित प्याकेजमा २०,००० एमके–८४ र २०,००० बीएलयू–११७ गरी हजारौँ २,००० पाउन्डका शक्तिशाली बम समावेश छन् । अमेरिकी अधिकारीका अनुसार बिक्रीबारे कांग्रेसका सम्बन्धित समितिलाई जानकारी गराइसकिएको छ ।
यसअघि ‘द वासिङ्टन पोस्ट’ले यो समाचार सार्वजनिक गरेको थियो । प्रस्तावित बिक्रीबारे अमेरिकी विदेश मन्त्रालय र इजरायली दूतावासले तत्काल प्रतिक्रिया दिएका छैनन् । बिक्रीको प्रक्रिया जारी रहेकाले सम्झौता भने अझै अन्तिम स्वीकृत भइसकेको छैन ।


















प्रतिक्रिया