आकस्मिक कारणले संसद्को बैठकको कार्यसूची परिवर्तन


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । बैठकको निर्धारित कार्यसूचीमा आकस्मिक रूपमा फेरबदल गरिएको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार पूर्वनिर्धारित कार्यसूची हटाएर संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गर्ने विषय राखिएको छ ।

आकस्मिक कारण देखाउँदै कार्यसूची परिवर्तन गरिएको सचिवालयले जनाएको छ । बैठकमा उक्त सम्झौतामाथि छलफलपछि अनुमोदनका लागि प्रक्रिया अघि बढाइनेछ ।

प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सुरु हुने कार्यक्रम रहेको छ।