गृहमन्त्री गुरुङ स्वास्थ्य जाँचका लागि ट्रमा सेन्टरमा


काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ स्वास्थ्य जाँचका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन् ।

छातीमा समस्या देखिएपछि स्वास्थ्य परीक्षणका लागि उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको हो ।

गुरुङको चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरिरहेका छन् । स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ ।