आज बस्दै नेकपा केन्द्रीय संयोजन समितिको बैठक


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै छ ।

बैठकमा रसुवामा आएको बाढीपहिरोपछि उत्पन्न अवस्था, त्यसमा सरकारले गरिरहेको कामकारबाही र विपद्का बेला पार्टीले खेलेको भूमिकाबारे समीक्षा हुने बताइएको छ ।

त्यसैगरी, आगामी दिनमा पार्टीले खेल्ने भूमिका तथा सरकारलाई दिनुपर्ने सुझावका विषयमा पनि छलफल हुने जनाइएको छ ।

बैठकमा पार्टीका आन्तरिक संगठनात्मक विषयसँगै पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रमबारे समेत छलफल हुने बताइएको छ । बैठक दिउँसो १ बजे सुरु हुने भनिए पनि नेताहरू पार्टी कार्यालय पुग्ने क्रम जारी छ । ।