बंगालको खाडीको चक्रवातबारे मौसमविद्सँग गृहमन्त्री र ऊर्जामन्त्रीको छलफल


काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान विभाग पुगेर बंगालको खाडीमा विकसित चक्रवातको प्रभाव तथा नेपालमा हुने वर्षाको सम्भावनाबारे मौसमविद्सँग जानकारी लिएका छन् ।

मन्त्रीद्वयले चक्रवातका कारण नेपालमा पर्न सक्ने मौसमी प्रभाव, सम्भावित वर्षाको अवस्था तथा जोखिमका क्षेत्रबारे मौसमविद्सँग जानकारी लिएका हुन् ।

छलफलका क्रममा पछिल्लो मौसम अवस्था, भारी वर्षाको सम्भावना र त्यसबाट हुनसक्ने सम्भावित जोखिमबारे समेत जानकारी लिइएको छ । सम्भावित विपद्का लागि आवश्यक पूर्वतयारी र सतर्कताका विषयमा पनि छलफल भएको बताइएको छ ।