पौडेल र वाग्लेबिच शिष्टाचार भेट, समसामयिक विषयमा छलफल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको वाग्लेको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेपछि उनको सिफारिसमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका थिए।

वाग्लेलाई प्रधानमन्त्रीको सिफारिसमा रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभारसमेत दिइएको छ।