बाँकी सदस्यको धारणा सुनेपछि एमाले सचिवालय बैठक भोलि


काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज बिहान ८ बजेदेखि बस्दैछ। बैठकमा बोल्न बाँकी केन्द्रीय कमिटी सदस्यहरूले आफ्नो धारणा राख्ने कार्यतालिका रहेको छ।

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ गतेदेखि निरन्तर चलिरहेको छ। बैठकमा पार्टीको निर्वाचन समीक्षा, संगठनात्मक अवस्था तथा पुनर्गठनलगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राख्दै आएका छन्।

केन्द्रीय कमिटी बैठककै बीचमा बस्ने भनिएको पार्टी सचिवालय बैठक भने भोलिका लागि सारिएको छ।

भोलि सचिवालय बैठक बसेपछि केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी एमालेले गरेको छ।

बैठकमा सदस्यहरूले पार्टीको पछिल्लो अवस्था, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशासँग सम्बन्धित विषयमा आफ्ना धारणा राखिरहेका छन्।