काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सकिएको छ। पार्टी कार्यालयमा झन्डै चार घण्टा बसेको बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको मनोनयन र स्थायी कमिटी गठनबारे छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्।
भट्टका अनुसार सचिवालय बैठकमा छलफल भएका नामहरू केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि सार्वजनिक गरिनेछ। अर्को पार्टीबाट एमालेमा प्रवेश गरेका नेताहरूलाई समेत केन्द्रीय कमिटीमा समेट्ने तयारी रहेको उनले बताए।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनबारे पनि छलफल भएको थियो। उपमहासचिव भट्टका अनुसार सचिवालय बैठकले ओलीको प्रतिवेदनले नयाँ विषयहरू प्रस्तुत गरेको निष्कर्ष निकालेको छ।
केन्द्रीय कमिटी सदस्यहरूको मनोनयन तथा स्थायी कमिटी गठनको विषय अब केन्द्रीय कमिटी बैठकबाट टुंगो लगाउने तयारी एमालेको छ।



















प्रतिक्रिया