ताप्लेजुङ । मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ।
करिब ५० घरधुरी रहेको बाक्लो बस्तीमा दिउँसो साढे १ बजेदेखि सुरु भएको आगलागीबाट हालसम्म करिब १० घर जलेर नष्ट भएको प्रारम्भिक जानकारी छ।
आगलागीको कारण भने अझै खुल्न सकेको छैन। आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको छ। दुई वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
बाक्लो बस्ती भएकाले आगो अन्य घरमा फैलिन नदिन जिल्लाबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ। आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
घटनाबाट भएको पूर्ण क्षतिको विवरण भने आउन बाँकी छ।


















प्रतिक्रिया