हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेमा जमिन भासिएपछि १६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
भिरालो क्षेत्रमा रहेको बस्तीमा एकाएक जमिनबाट ठूलो आवाज आएको र केही भाग सर्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार बस्ती आसपासको केही जमिन तल सरेको तथा विभिन्न ठाउँमा चिरा परेको छ। जमिन भासिएको क्षेत्रमा रहेका घरहरू जोखिममा परेपछि त्यहाँ बस्दै आएका १६ घरपरिवारलाई अन्यत्र सारिएको हो।
जमिन भासिएपछि थप जोखिमको अवस्था रहेकाले स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायले घटनास्थलको अवस्था निगरानी गरिरहेका छन्। थप क्षति हुन नदिन आवश्यक सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया