मनाङ । मनाङको सदरमुकाम चामेमा थुनिएको मर्स्याङ्दी नदीको पानीको सतह घट्न थालेको छ। सोमबार बिहानसम्म पानीको तह एक मिटरभन्दा बढी घटेको चामे गाउँपालिकाले जनाएको छ।
चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार केही समयदेखि नदी थुनिएर पानीको सतह बढेपछि चामे क्षेत्रमा जोखिम बढेको थियो। पछिल्लो समय पानीको तह घट्दै गएपछि तत्कालको जोखिम भने केही कम भएको छ।
नदीमा थुनिएको पानीको बहाव क्रमशः सामान्य दिशातर्फ फर्किन थालेपछि स्थानीयमा देखिएको त्राससमेत घटेको अध्यक्ष घलेले बताए।
यद्यपि जोखिम पूर्ण रूपमा टरिनसकेको स्थानीय प्रशासनले जनाएको छ। नदीको बहाव र पानीको सतहमा पुनः वृद्धि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी आसपासको क्षेत्रमा निरन्तर निगरानी भइरहेको छ।
चामे गाउँपालिका र स्थानीय प्रशासनले आवश्यक सावधानी अपनाउन तथा नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।



















प्रतिक्रिया