काठमाडौँ । कर्णाली प्रदेशसभाका सदस्य तथा पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद कायम रहने कि नरहने भन्ने विषयमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
सोमबार न्यायाधीश सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा शर्माले दायर गरेको रिटमाथि सुनुवाइ भइरहेको हो । उक्त रिटलाई सर्वोच्चले आजको पहिलो प्राथमिकतामा राखेको छ ।
यसअघि २०८२ फागुन १४ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै शर्माको सांसद पद यथावत् राख्न आदेश दिएको थियो ।
तत्कालीन नेकपा माओवादीबाट प्रदेशसभा सदस्य निर्वाचित शर्मामाथि प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रचारमा लागेको आरोप लागेको थियो । त्यसपछि नेपाली कम्युनिस्ट पार्टीको सिफारिसमा प्रदेशसभा सचिवालयले उनको सांसद पद खारेज गर्ने निर्णय गरेको थियो ।
सांसद पद खारेज भएपछि शर्मा उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका हुन् । अहिले उनको रिटमाथि संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।



















प्रतिक्रिया