काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चारवटा विधेयक प्रतिनिधिसभामा पेस गरेकी छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८३’ पेस गरेकी हुन्।
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने विधेयकले मधेस प्रदेशमा स्वास्थ्य शिक्षासहित विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्य राखेको मन्त्री मेहताले बताइन्। प्रदेशस्तरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान नहुँदा स्वास्थ्य सेवामा असन्तुलन रहेको भन्दै उनले संविधानले सुनिश्चित गरेको स्वास्थ्य अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रतिष्ठान आवश्यक रहेको उल्लेख गरिन्।
मन्त्री मेहताका अनुसार प्रस्तावित विधेयकले प्रतिष्ठानको पूर्वाधार तयारी, विकास समितिको म्याद तथा प्रतिष्ठान सञ्चालनको मार्गचित्रसमेत स्पष्ट गर्नेछ।
त्यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन विधेयकले स्वास्थ्यकर्मीमाथि हुने आक्रमण तथा दुर्व्यवहारलाई कसुरका रूपमा परिभाषित गर्दै दण्ड–जरिवानाको व्यवस्था गर्ने प्रस्ताव गरेको छ। स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न विद्यमान कानुनी व्यवस्था थप प्रभावकारी बनाउन विधेयक ल्याइएको मन्त्री मेहताको भनाइ छ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमा कामकाजी महिलालाई ६ महिनासम्म तलबसहितको प्रसूति बिदा तथा पुरुष कर्मचारीलाई ४२ दिनको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ। प्रजनन स्वास्थ्य अधिकारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले संशोधन प्रस्ताव गरिएको जनाइएको छ।
यसैगरी आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री तथा वितरण नियन्त्रणसम्बन्धी विधेयकमार्फत त्यस्ता वस्तुको नियमनलाई थप व्यवस्थित गर्ने प्रस्ताव गरिएको छ। संघीय संरचनाअनुसार नियमन तथा कार्यान्वयनको पहुँच स्थानीय तहसम्म विस्तार गर्ने लक्ष्यसमेत विधेयकले राखेको छ।
सरकारले यी विधेयकलाई चालु आर्थिक वर्षका प्राथमिकतामध्ये राखेर संसद्मा अघि बढाएको



















प्रतिक्रिया