काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
प्रसाईको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा पेसी तोकिएको छ।
प्रसाईको हकमा उमा प्रसाईले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटी, काठमाडौंलगायतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।
रास्वपा सांसद रचना खड्काले दिएको जाहेरीका आधारमा साइबर ब्यूरोले प्रसाईलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो। प्रसाईले केही समयअघि खड्कालाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिएका थिए।
प्रसाईको उक्त अभिव्यक्तिको विषय रचना खड्काले प्रतिनिधिसभाको बैठकमा समेत उठाएकी थिइन्। त्यसपछि खड्काको जाहेरीका आधारमा प्रहरीले प्रसाईलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
उक्त पक्राउविरुद्ध उमा प्रसाईले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। रिटमाथि आज न्यायाधीश फुयाँलको इजलासले सुनुवाइ गर्नेछ।






















प्रतिक्रिया