काठमाडौँ । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
पुनले सामाजिक सञ्जाल फेसबुकमा ‘मिसन महामन्त्री’ लेखिएको पोस्टर सार्वजनिक गर्दै महामन्त्रीका लागि तयारी गरिरहेको जानकारी दिएका हुन्। उनले आफूले हिमाल, पहाड र तराईलाई जोड्ने सङ्कल्पसहित उम्मेदवारीको तयारी गरेको बताएका छन्।
‘म राष्ट्रिय रूपमा हिमाल, पहाड र तराईलाई जोड्ने सङ्कल्पका साथ नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महामन्त्रीका लागि तयारी गर्दै छु,’ पुनले भनेका छन्।
पुन रोल्पा–१ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्। उनी कांग्रेसको १४औँ महाधिवेशनमा शेखर कोइराला र गगन थापा समूहबाट लुम्बिनी प्रदेश सभापतिमा निर्वाचित भएका थिए।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंमा हुँदैछ। महामन्त्री पदका लागि यसअघि केन्द्रीय सदस्य नैनसिंह महरले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्।






















प्रतिक्रिया