काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहले जेठ १७ गते दिएको सीमासम्बन्धी अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन माग गरेको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन पटक–पटक माग गरिए पनि अहिलेसम्म सुनुवाइ नभएको बताइन्।
सांसद सङ्ग्रौलाले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई आफूहरूले ‘राष्ट्रघाती’ मानेको बताउँदै त्यस्तो अभिव्यक्ति संसद्को रेकर्डमा राख्न नहुने धारणा राखिन्।
उनले भनिन्, ‘हाम्रो देशले भारतको सीमा मिचेको भनी प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति राष्ट्रघाती छ। यस्तो अभिव्यक्तिलाई यस सम्मानित सदनको रेकर्डबाट हटाउन हामीले पटक–पटक माग गर्दै आएका छौँ, तर अहिलेसम्म हाम्रो मागको सुनुवाइ भएको छैन।’
सांसद सङ्ग्रौलाले आफूहरूले उठाउँदै आएको मागप्रति गम्भीर ध्यान दिन सभामुख तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन आग्रह गरिन्।






















प्रतिक्रिया