काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको हो।
प्रसाईंका तर्फबाट उमा प्रसाईंले नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरो, भोटाहिटीलगायतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
प्रसाईंले केही समयअघि जेनजी सहिदकी आमासमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खड्कालाई लक्षित गर्दै अभिव्यक्ति दिएका थिए। उक्त विषय सांसद खड्काले प्रतिनिधिसभाको बैठकमा समेत उठाएकी थिइन्।
सांसद खड्काको जाहेरीका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो।
पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रसाईंलाई पक्राउ गर्नुको कानुनी आधार र कारण खुलाएर जवाफ पेस गर्न आदेश दिएको हो।






















प्रतिक्रिया