काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा छोटो तर रोचक सम्बोधन गरेका छन् ।
विशेष समयमा बोल्दै सांसद राईले सभामुखतर्फ हेर्दै भने, ‘सभामुख महोदय, कुरा त्यही हो हजुर, धन्यवाद ।’ यति भनेपछि उनी आफ्नो आसनमा बसे ।
राईको छोटो सम्बोधनपछि सभामुखसहित प्रतिनिधिसभा बैठकमा रहेका सांसदहरू हाँसेका थिए ।
यसअघि मंगलबारको बैठकमा पनि सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ कहिले दिने भन्दै प्रश्न गरेका थिए ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले सरकार र सरकार प्रमुखले पूरा गर्नुपर्ने जिम्मेवारीबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।
‘सदनमा सभामुखमार्फत सोध्न चाहन्छु, सरकार र सरकार प्रमुखले दिनुपर्ने जिम्मेवारी कहिले पूरा हुन्छ ?’ भन्दै उनले सरकारलाई सांसदका प्रश्नको जवाफ दिने विषयमा गम्भीर बन्न आग्रह गरेका थिए ।
गत १० गतेको जिम्मेवारी अहिलेसम्म पूरा नभएको उल्लेख गर्दै राईले त्यसबारे सरकारको ध्यानाकर्षणसमेत गराएका थिए ।






















प्रतिक्रिया