चन्द्र भण्डारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित, मतदाताप्रति व्यक्त गरे आभार


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद चन्द्र भण्डारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गुल्मी क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

निर्वाचित भएपछि भण्डारीले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराएकोमा क्षेत्रका सम्पूर्ण नेता–कार्यकर्ता तथा साथीहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

उनले निर्वाचन सम्पन्न गर्न खटिएका निर्वाचन समितिका सदस्य, सहयोगी तथा सम्पूर्ण सुरक्षा निकायप्रति समेत हार्दिक आभार व्यक्त गरेका छन्।

भण्डारीले आफूलाई गरिएको विश्वास, माया र सहयोगलाई सधैँ सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि पार्टी र क्षेत्रका साथीहरूको विश्वासलाई कायम राख्ने बताएका छन्।