कांग्रेसले आज महाधिवेशन तयारीबारे पत्रकार सम्मेलन गर्ने


काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका सम्बन्धमा जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्दैछ।

महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक तथा पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार पत्रकार सम्मेलन दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

पत्रकार सम्मेलनमार्फत कांग्रेसको १५औँ महाधिवेशनको तयारी, कार्यक्रम तथा अन्य विषयमा जानकारी दिइने जनाइएको छ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। महाधिवेशनलाई लक्षित गरी भइरहेका तयारी तथा कार्यक्रमबारे पत्रकार सम्मेलनमा जानकारी दिइने कांग्रेसले जनाएको छ।