काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चार समस्याग्रस्त सहकारीका २२३ जना बचतकर्ताको रकम फिर्ता गरेको छ।
समितिका अनुसार शिव शिखर, कान्तिपुर, कृषि विकास र गोर्खा सहकारीका साना बचतकर्ताको रकम पहिलो चरणमा फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिरहेको जनाएको छ।
समितिले पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरेको जनाएको छ। अब बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गरिने समितिको भनाइ छ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर अघि बढिरहेको समितिले जनाएको छ।
समितिका अनुसार ऋण असुली र सम्पत्ति व्यवस्थापनको काम प्रभावकारी हुँदै गएसँगै थप बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया पनि अघि बढाइनेछ।






















प्रतिक्रिया