हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनालाई प्रदेश सरकारको पहिलो प्राथमिकता बनाइएको बताएका छन्।
रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा आएको विपद्का कारण ठूलो मानवीय क्षतिसँगै भौतिक संरचना तथा पूर्वाधारमा व्यापक क्षति पुगेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले प्रभावित क्षेत्रको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने बताएका हुन्।
शुक्रबार बागमती प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त पदाधिकारीको पद तथा गोपनीयताको शपथ ग्रहणपछि आयोजित कार्यक्रममा उनले प्रदेश सरकारको कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आयोगमा नयाँ पदाधिकारी नियुक्त गरिएको बताए।
मुख्यमन्त्री थापाका अनुसार नवनियुक्त आयोगका पदाधिकारीको पहिलो प्राथमिकता विपद् प्रभावित क्षेत्रको अवस्था अध्ययन गरी पुनर्निर्माण र पुनर्स्थापनाका लागि ठोस योजना तयार गर्नु हुनेछ। त्यसका लागि आयोगको टोलीलाई प्रभावित क्षेत्रमै खटाउने तयारी गरिएको उनले बताए।
‘विपद्को यस घडीमा तत्काल राहत, पुनर्निर्माण र पुनर्स्थापनाको ठोस योजना बनाउन नवनियुक्त आयोगको टोलीलाई प्रभावित क्षेत्रमै खटाइने छ,’ मुख्यमन्त्री थापाले भने, ‘विपद्ले धेरै भौतिक संरचना र पूर्वाधार नष्ट गरेको छ। आयोग गठन भइसकेपछि अब हाम्रो पहिलो काम नै प्रभावित क्षेत्रमा आयोगको टोली खटाएर पुनर्निर्माण र पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउनु हो।’
प्रदेशलाई समृद्ध र व्यवस्थित बनाउन नीति तथा योजना आयोगको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो। विगतका कमीकमजोरीबाट पाठ सिक्दै योजनाबद्ध विकासमा जोड दिनुपर्ने उल्लेख गर्दै उनले आगामी दिनमा बजेट निर्माण गर्दा आयोगको सुझाव र व्यवस्थित योजनालाई आधार बनाइने बताए।
शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र रोजगारी सिर्जनालगायतका क्षेत्रमा प्रदेशले स्पष्ट लक्ष्यसहित काम गर्नुपर्ने भन्दै मुख्यमन्त्री थापाले त्यसका लागि आयोगमा रहेका विज्ञहरूको भूमिका महत्त्वपूर्ण हुने बताए।
उनले नवनियुक्त पदाधिकारीहरूलाई जिम्मेवारी इमानदारी र प्रभावकारी ढंगले पूरा






















प्रतिक्रिया