काठमाडौं – दसैँमा नयाँ लुगा, मिठो परिकार र परिवारसँगको जमघटसँगै अप्रत्याशित उपहारको उत्साह पनि थपिँदैछ। यही उत्साहलाई लक्षित गर्दै म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘दसैँ धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ।
ललितपुरको पुल्चोकस्थित द प्लाजा प्यालेसमा आयोजित कार्यक्रममा कम्पनीले अभियानको औपचारिक घोषणा गरेको हो। अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ।
अभियानमा १८ जनाले यामाहा FZ–FI मोटरसाइकल र १८ जनाले यामाहा RayZR स्कुटर जित्ने अवसर पाउनेछन्। त्यस्तै, बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार प्राप्त गर्नेछन्।
कम्पनीका अनुसार विशेष पुरस्कारयुक्त क्यान प्राप्त गर्ने उपभोक्ता नै अभियानका विजेता बन्नेछन्। देशभर यस्ता क्यान वितरण गरी अभियानलाई उपभोक्तामाझ पुर्याउने तयारी गरिएको छ।
म्याक्स टाइगरका अनुसार ‘दसैँ धमाका २०२६’ मार्फत उपभोक्ताले उत्पादनसँगै आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। चाडपर्वको उत्साह र उपभोक्ताको ऊर्जालाई ब्रान्डसँग जोड्दै सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले अभियान ल्याइएको कम्पनीले जनाएको छ।
देशभर पुग्ने पुरस्कारयुक्त क्यानमार्फत यसपटकको दसैँलाई उपभोक्ताका लागि थप रोमाञ्चक बनाउने लक्ष्य कम्पनीको रहेको छ। अब दसैँमा म्याक्स टाइगरको क्यान खोल्दा स्वाद र ऊर्जासँगै ‘के थाहा, अर्को पुरस्कार आफ्नै नाममा पो छ कि?’ भन्ने उत्सुकता पनि थपिनेछ।






















प्रतिक्रिया